पोखरामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते

पाेखरा | मंसिर ५, २०८२

पोखरामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते

पोखरा:   पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। 


क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान नेपाली प्रतिभालाई एउटै मंचमा ल्याएर ‘सिनेमा बिना सीमा’ को उत्सव मनाउने तयारी पूरा भएको आयोजकले जनाएको हो । महोत्सवमा २५ चलचित्र प्रदर्शन हुनेछन् ।  


जसमा १० युरोपेली फिचर फिल्म, ६ बाफ्टा–छानिएका लघु चलचित्र र ९ नेपाली लघु चलचित्र सामेल रहेको युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले जानकारी गराइन् । उनका अनुसार यी फिल्मले पहिचान, प्रतिरोध, स्मृति, आशा र रूपान्तरणजस्ता मानव अनुभूतिमा केन्द्रित कथाहरू मार्मिक रूपमा प्रस्तुत गर्छन्।


चलचित्र महोत्सवमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जे’भिदा, अस्ट्रियाको ह्याप्पी, हंगेरीको विथआउट एअर, फ्रान्स–इटालीको द गर्ल फ्रम टुमरो, साथै नेदरल्यान्ड्स, आयरल्याण्ड, पोल्याण्ड, स्विट्जरल्यान्ड र रोमानियाबाट समेत उत्कृष्ट फिल्महरू प्रदर्शन हुनेछन् । 


बेलायतका वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मग्स क्रिसमस, मिल्क, आडिओस र स्टमक बग प्रदर्शन हुनेछन् भने स्थानीय र राष्ट्रिय स्तरमा चयन भएका ९ नेपाली लघु चलचित्र—चिसोघर,अबिस, अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाडौँ र ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन—ले नेपाली कथनशैली र सौन्दर्यशास्त्रलाई उजागर गर्ने उनको भनाई छ।


सबै प्रदर्शन निःशुल्क हुनेछन् र सबै फिल्ममा अंग्रेजी सबटाइटल उपलब्ध गराइने बताइएको छ । महोत्सवअघिको चरणमा पनि उद्योग, कला र सिकाइबीचको सम्वाद बलियो बनाउन कार्यक्रमहरू सञ्चालन गरिनेछ । मङ्सिर ६ गते शनिबार दिउँसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा ‘चलचित्र उद्योगले अब के गर्ने त?’ शीर्षकमा विशेष छलफल कार्यक्रम हुनेछ। वक्ताहरू—गौ माया गुरुङ, जस्सु गुरुङ र प्रविण टक्की कार्की—ले स्थानीयदेखि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कमाउँदै आएका अनुभव साझा गर्नेछन्। कार्यक्रमको सञ्चालन सुनिर पाण्डेले गर्नेछन्।


यो महोत्सव नेपालस्थित युरोपेली संघको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्ड, अन्य ईयू सदस्य राष्ट्रका दूतावास तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गरेको हो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्